चितवन । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् । बुधबार भएको जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई हराउँदै डल्लाकोटी निर्वाचित भएका हुन् ।

डल्लाकोटीले ११ मत ल्याए भने उनका प्रतिस्पर्धी अधिकारीले ३ मत ल्याए । त्यस्तै उप प्रमुखमा पनि नेकपा एमालेकै मुनाकुमारी श्रेष्ठ ११ मतसहित विजयी भइन् ।

नेपाली कांग्रेसकी टिका दाहाललाई ८ मतले पराजित गर्दै श्रेष्ठ विजयी भइन्  दाहालले ३ मत प्राप्त गरिन् । जिससको ९ सदस्यीय समितिमा निर्वाचित सबै एमाले प्यानलका हुन् । स्थानीय तहको निर्वाचनमा चितवनका ७ वटा तहको प्रमुख ,उप प्रमुखमध्ये ९ जना एमालेका तर्फबाट विजयी भएका थिए भने कांग्रेसका ३ जना र माओवादी केन्द्रका २ जना विजयी भएका थिए ।

माओवादी केन्द्रका दुर्इजना मेयरले जिससको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई मतदान गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले एमालेका उम्मेदवारलाई मतदान गरेका हुन् ।

Comments