पोखरा । हावाहुरी चलेपछि पोखराको फेवातालमा सातवटा प्याराग्लाइडिङ खसेका छन् ।

हावाहुरीसँगै पानी परेपछि सातवटा प्याराग्लाइडिङ फेवातालमा खसेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

फेवातालमा खसेका दुईवटाको भने उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । अन्यको उद्धार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Comments