काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले बढी मूल्य लिई सामान बेचेर उपभोक्ता ठगेको आरोपमा दरबारमार्गका १० जना व्यापारीलार्य पक्राउ गरेको छ ।

बजार अनुगमनका क्रममा ती व्यापारीहरुले वास्तविक मूल्यभन्दा २३ गुणा अंकित मूल्य राखी उपभोक्तालाई ठगेको भेटिएको थियो । पक्राउ परेका व्यापारीहरुलाई कालोबजारी  ऐनअन्तर्गत कारबारहीका लागि प्रक्रिया आगाडि बढाइएको महानागरीय प्रहरी परिसर काठमडौंका प्रवक्ता रामदत्त जोशीले बताउनुभयो ।

८ पसलका १० जना सञ्चालकलाई पक्राउ गरिए पनि अन्य व्यापारीहरु फरार रहेका छन् । पक्राउ पर्नेमा एभिन्यु मार्केटिङका उत्तमकुमार बस्नेत, लाइफस्टाइल प्रालिका श्रीकृष्ण महर्जन, वाच एन्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति  प्रालिका नन्न बिहानी र एडभेन्चर आउटडोरका रोशन आडारी रहेका छन् ।

त्यसैगरी प्लेटेनियम ट्रेड कन्सर्नका बेन्टलिका तुलाधर र प्रवीण झा, लेवल स्टोरका दितेन्द्र महर्जन र सुवास महर्जनलाई पनि पक्राउ गरिएको छ । प्रवक्ता जोशीका अनुसार महानगरीय परिसरले व्यापारीहरुलाई स्वयं प्रहरी कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरे पनि उनीहरुले अटेरी गर्दै आएका छन् ।

Please follow and like us:

Comments