काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीसहितको टोलीले बुधबार काठमाडौं–पोखरा रेलमार्गको स्थलगत अध्ययन गरेको छ ।

केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउने ठाउँको स्थलगत अध्ययन गर्न नेपाल आएको टोली पोखरा पुगेपछि त्यहाँ रेल पुर्याउन उत्साहित बनेको छ ।

नेपाली अधिकारी सहितको संयुक्त टोली बुधबार काठमडौंबाट पोखराको स्थलगत अध्ययनमा गएको थियो । पोखराको भ्रमणबाट चिनियाँ रेल नेटवर्कका अधिकारीहरु सकारात्मक र उतसाहित बनेको रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्धयले बताए ।

उनीहरुले काठमाडौंबाट पोखरा हुँदै बुटवलका दुई रुट बनाउने भन्ने बिषयमा निक्यौल गर्न नसकेको उपाध्उयाले बताए ।

चिनियाँ प्रतिनिधिले नेपालमा रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने बताएका छ । उनीहरुले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न तालिम दिने प्रतिवद्धता जनाएका छन् ।

Comments