काठमाडौं । चिनी उद्योगीहरुको मागअनुसार कृषि विकास मन्त्रालयले नेपालमा आयात हुने चिनीको भन्सार महशुल १५ बाट ५० प्रतिशत बनाउन सिफारिश गरेपछि त्यसको विरोध हुन थालेको छ ।

यसको विरोध गर्नेहरुले अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा महँगो परिरहेको चिनीको मूल्य यसले अझै बढाउने बताएका छन् ।
बिस्कुट, चक्लेटलगायत बस्तु उत्पादन गर्ने स्वदेशी उद्योगी व्यवसायीले मन्त्रालयको सिफारिश आपत्तिजनक रहेको बताएका छन् ।

चिनीको मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामा महँगो भएको यहाँ उत्पादन हुने खाद्यबस्तुको उत्पादकहरुले केही समयअगाडि मात्रै अर्थ, आपूर्ति, रद्योग र वाणिज्य मन्त्रालयमा चिनीको भन्सार दर ५ प्रतिशत बनाउन माग गरेका थिए ।

Comments