मेलबर्न । अष्ट्रेलिया सरकारले गरेको एक सर्वेक्षणको नतिजाले नेपालीहरुलाई अष्ट्रेलियामा सम्मानजनक स्थान दिएको छ । उक्त सर्वेक्षणले, बाहिरि देशमा जन्मिएर अष्ट्रेलिया बस्नेमध्ये सबैभन्दा धेरै नेपालीहरूले काम गर्ने गरेको देखाएको हो ।

पीआर वा नागरिकता पाएपछि विदेशीहरुले काम गर्न छोड्छन् भन्ने मानसिकता छ। तर सरकारले विदेशमा जन्मेर अष्ट्रेलियामा आइ काम गर्नेहरुको बारेमा सर्वेक्षण गर्दा, नेपालीले कुल उपस्थितिको ७९.२ प्रतिशत काम गर्ने तथ्य सहित नेपाल पहिलो स्थानमा आएको छ।

तथ्यांक अनुसार पुरूषहरू सेल्स, होटल ब्यवसाय र सरसफाइमा बढी देखिएका छन् भने महिलाहरु स्वास्थ्य सेवाका साथै सपिङ मल र अतिथि सत्कारमा ब्यस्त छन्। यसको अर्थ नेपालीहरु मेहनतका साथै काममा इमान्दार रहन्छन भन्ने प्रमाण पनि हो।

 

Comments