काठमाडौं । यस वर्षको विश्व सुन्दरीको ताज भारतले जितेको छ ।

चीनको सान्यामा केहीबेर अघि सम्पन्न भएको मिस वल्र्ड २०१७ प्रतियोगितामा भारतकी मानुषी चिल्लर विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् ।

उनलाई सन् २०१६ की विश्व सुन्दरी स्टेफनी डेल भल्लेले ताज पहिर्याईदिइन् ।

फष्र्ट रनर अपको उपाधि मेक्सिकोकी सुन्दरीले जितिन् भने बेलायतकी सुन्दरी सेकेण्ड रनर अप बनिन् ।

यस वर्ष विश्वका १४० देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए ।

मिस नेपाल निकिता चाण्डक टप ४० मा पर्न सफल भएकी थिइन् । साथै उनी पिपुल्स च्वाइस अवार्डको टप टेनमा समेत परेकी थिइन् ।

Comments