एजेन्सी। बार्सिलोनालो आउँदो डिसेम्बरमा हुने क्लासिकोका लागि केहीसमयमै घाइते भएर मैदानबाहिर रहेका उसमान डेम्बेलेलाई मैदानमा उतार्ने तयारी गरिरहेको छ ।

डेम्बलेलेको खेल कौशलले रियल मड्रिडमाथि दबाब बनाउन सकिने भन्दै अहिले आराम दिएर डिसेम्बर २३ मा हुने खेलका लागि डेम्बेलेलाई तयार पार्ने बार्सिलोनाको तयारी रहेको हो ।

नेइमार पिएसजी गएपछि बोरुसिया डर्टमुण्डका फरवार्ड २० वर्षीय फ्रान्सेली डेम्बेलेलाई बार्साले क्लब भित्र्याएको थियो ।

स्पेनिस ला लिगा लिग अन्तर्गत शनिबार राति भएको खेलमा लेगानेसलाई ३-० ले हराएर बार्सिलोना डिफेन्डिङ च्याम्पियन रियल मड्रिडभन्दा १० अंकले आएको छ । जितपछि शीर्ष स्थानमा रहेको बार्सिलोनाको १२ खेलबाट ३४ अंक भएको हो ।

Comments