काठमाडौं। सरकारले १२ सय मेगावाटको बूढीगण्डकी (जलाशययुक्त) आयोजना स्वदेशी स्रोतबाट निर्माण गर्ने निर्णय गरेको छ ।

यति ठूलो आयोजना स्वदेशी लगानीबाट सम्पन्न गर्ने निर्णय भएको पहिलोपटक हो। विकास थापाले अन्नपूर्ण पोस्टमा लेखेका छन् ।

सम्पूर्ण अध्ययन पूरा भई लगानीको बन्दोबस्ती हुनासाथ निर्माण सुरु गर्न मिल्ने बूढीगण्डकी एकमात्र आयोजना हो ।

आगामी आठ वर्षभित्र यो आयोजना पूरा गर्ने गरी शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । आयोजनाको अनुमानित लागत दुई खर्ब ५९ अर्ब रुपैयाँ छ।

गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले चीनको गुजुवा ग्रुप कम्पनी र ऊर्जा मन्त्रालयबीच भएको बूढीगण्डकी निर्माणसम्बन्धी समझदारी खारेज गरेपछि मुख्य विपक्षी एमाले तथा गठबन्धनका नेताहरुले यो आयोजना भारतीय कम्पनीलाई दिनका लागि खारेज गरिएको आरोप लगाउँदै आएका थिए।

Comments