लगातर विश्व शक्ति राष्ट्रहरुलाई चुनौती दिंदै मानव हत्याको शृंखलामा सक्रिय इस्लामिक स्टेट सैन्य समूह ( आइएस)को नाममा अज्ञात स्थलमा विदेशी नागरिकको  घाँटी रेटी हत्या गरेको भिडियो एक पछि अर्को गर्दै सार्वजनिक गरेको छ | चौथो पटक आइएसले सार्वजनिक गरेको भिडियोमा ब्रिटिश एडका कर्मचारी ४४ बर्षीय डेविड हेन्सको हत्या गरिएको  दृश्य समेटिएको छ | मारिनु अघि डेविडलाई ब्रिटिश प्रधानमन्त्री डेविड क्यामरुनले आइएस विरुद्ध अमेरिकालाई सघाएको उल्लेख गर्दै बोल्न लगाइएको देखिन्छ |

दुई बच्चाका पिता डेविड स्कटल्याण्डका पर्थ निवासी हुन् | फ्रान्सेली एजेन्सीका निम्ति सिरियामा काम गर्दै गर्दा उनलाई एक बर्ष अघि अपहरण गरि बेपत्ता बनाइएको थियो |

बेलायती अधिकारीहरुले आइएस आइएस द्वारा सार्वजनिक भिडियोको आधिकारिकता माथि छानबिन गरिरहेको अन्तरास्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् | यस अघि आइएस आइएसले अमेरिकि पत्रकार जेम्स फोले र स्टेभेन स्टोल्फ़को उसै गरि घाँटी रेटेर हत्या गरेका थिए |

Comments

comments