हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश ‘क’ मा वाम गठबन्धनका प्रेम पुलामि छिन्तु र ‘ख’ मा वाम कै डोरमणी पौडेल विजयी भएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ को ‘क’ मा वाम गठबन्धनका कुमारी मोक्तान र ख मा लोकतान्त्रिक गठबन्धनका ईन्द्र बानियाँ विजयी भएका छन् । शनिबार बेलुकी आएको अन्तिम मत परिणाम अनुसार प्रेम पुलामिले लोकतालोक गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका धर्मराज लामिछानेलाई २ हजार ८ सय ५४ मतअन्तरले पछि पार्दै विजयी भएका हुन् ।

कुल ४१ हजार २ सय ३६ मत गणना सम्पन्न हुँदा पुलामिले २१हजार ६ सय २९ मत र लामिछानेले १८ हजार ७ सय ७५ मत प्राप्त गरेका हुन् । यस्तै १ को प्रदेश ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका डोरमणी पौडेल ४ हजार १ सय २२ मतले विजयी भएका हुन् ।

कूल ४३ हजार ३३ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार पौडेलले २० हजार ७ सय ३ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकतान्त्रीक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अशोकराज शाक्यले १६ हजार ५ सय ८१ मत ल्याएका छन् । नेकपा एमालेका प्रदेश सदस्य पौडेल हेटौंडा नगरपालिकाका पूर्व मेयर हुन् । उनी नेपाल नगरपालिका संघका अध्यक्ष पनि हुन् ।

यस्तै मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश ‘क’ मा १३ हजार १ सय १८ मतले विजयी भएका छन् । कुल ४६ हजार ४ सय १९ मत गणना हुँदा वाम गठबन्धनका कुमारी मोक्तानले २७ हजार २ सय ४३ र लोकतान्त्रीक गठबन्धनका उम्मेदवार यतिराज सापकोटाले १४ हजार १ सय २५ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा लोकतान्त्रीक गठबन्धनका ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् । उनी १ हजार ४ सय ११ मतले विजयी भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कूल ४० हजार ३ सय १२ मतगणना हुँदा बानियाँले १९ हजार २ सय ४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी वाम गठबन्धनको तर्फबाट एमालेका राजाराम स्यांतानले १७ हजार ८ सय ३४ मत ल्याएका छन् ।

Please follow and like us:

Comments