काठमाडौं । अभिभावकले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाएमा सरकारलाई क्षतिपूर्ति तिनुपर्ने व्यवस्था गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

सार्वजनिक शिक्षा सुधारका लागि अभिभावकहरुले आफ्ना नानीहरुलाई अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न विज्ञहरुले सरकारलाई दबाब दिएका हुन् ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा शिक्षाविद प्रा डा मनप्रसाद वाग्लेले बुझाएको ‘नागरिक समाजको सूक्ष्म प्रतिवेदन’मा सरकारले लागू गरेको निःशुल्क शिक्षा छाडेर निजीमा नानी भर्ना गर्ने अभिभावकलाई राज्यको लगानी बराबरको रकम राज्यलाई क्षतिपूर्ति तिराउनुपर्ने उल्लेख छ ।

Comments