काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम चलाउ सरकारलाई दुरगामी महत्वका काम नगर्न आग्रह गरेका छन् ।
सरकारले पछिल्लो समयमा नियुक्ती, सरुवा, बढुवा गरेको भन्दै यस्तो असंवैधानीक, अराजनीतिक, गैर कानूनी र अनैतिक काम नगर्न आग्रह गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पछिल्लो समयमा सरकारका अभिव्यक्ति, परामर्शका नाममा गरेका कामका विषयमा गम्भिर भएको बताए । उनले सरकारलाई संविधाको गलत व्याख्या नगर्न, नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्न आग्रह गरे ।

ओलीले काम चलाउ सरकारले गर्न नहुने काम गरेको भन्दै यसलाई तत्काल रोकेर सरकार बनाउनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले आगामी बन्ने सरकारले जनताको चाहना पुरा गर्ने उल्लेख गरे । जनताले अनुमोदन गरेको सरकार सदैव जनताको हितमा हुने धारणा राखे ।

Comments