काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई आफ्नो बचेको शाख जोगाउन आग्रह गरेका छन् ।

उनले अनावश्यक व्यहोरा नदेखाउन आग्रह गर्दै बचेको शाख जोगाउने हो भने परिस्थिती हेरेर अघि बढ्न समते आग्रह गरे । ओलीले भने ‘सुनिदैछ नेपाली कांग्रेस टफ एटीट्यूड देखाँउदै छन्, संविधान भन्दा माथी कोही छैन, त्यो टफ एटीट्युडको कुनै अर्थ छैन् ।’ उनले यो बेलामा सहज रुपमा अघि बढ्दै लोकतान्त्रीक प्रणालीमा अघि बढ्न आग्रह समेत गरे ।

फरक प्रसङगमा ओलीले देउवलाई तत्काल सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले भने, ‘पटक–पटक छोडन बानी परेको मान्छेलाई छोडन कुनै समस्या छैन्, उहाँलाई यसअघि पनि छोड्नु नै भएको हो, उहाँलाई सहजै छोड्ने बानी छ । म राजीनामा दिँदै दिन्न भन्न स्वभावले दिन नपर्ने हो, उनले थपे, हामीले पनि छोडेकै हौं, देउवा जी ले छोडनु पर्छ की पर्दैन, त्यो चाँही मलाई थाहा छैन् ।

Comments