मेलबर्न । नेपाली समुदायको छुट्टै सामुदायिक भवन निर्माण गर्न आर्थिक संकलन गर्ने उदेश्यले अष्ट्रेलियाको मेलबर्नमा सोमवारदेखि साताव्यापी धार्मिक एवम् अध्यात्मिक महोत्सव शुरु भएको छ ।

मेलबर्न सप्ताह नाम दिइएको महोत्सव एक सातासम्म चल्नेछ । सप्ताहमा पण्डित दिनबन्धु पोखरेलबाट पुराण वाचन गरिनुका साथै विभिन्न धार्मिक शुभकार्यहरु सम्पन्न गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सोमवार अपरान्ह आयोजित कलश यात्रा कार्यक्रममा उल्लेख्य सहभागीता रहेको थियो ।

मेलबर्नको वल्लीयम स्ट्रीटमा अवस्थित सेन्ट अल्वान्समा रहेको माता चिन्तापूर्णी हिन्दू मन्दिर परिषरमा शुरु भएको महोत्सव डिसेम्वर २४ सम्म हरेक दिन दिउँसो ३ देखि राति ९ बजेसम्म जारी रहनेछ ।

 

तस्बिर : राजु शाक्यको फेसबुक वालबाट साभार

Comments