मेलबर्न । क्विन्सल्याण्ड अदालतले आफ्नी तीन वर्षिया छोरी माथि हिंसा गरेको आरोपमा पक्राउ परेका भारतीयको जमानत अस्विकार गरेको छ ।

क्विन्सल्याण्डमा बस्दै आएका भारतीय दम्पत्ति गत नोभेम्बरमा पक्राउ परेका थिए । उनीहरुमाथि आफ्नी तिन वर्षिया छोरीलाई धेरै समय एक्लै छोडेको, कुटपिट गरेको, पाखुरामा समाएर घुमाउन, फ्याक्ने जस्ता शारीरिक यातना दिने कार्य गरेको आरोप छ ।

श्रीमान श्रीमती मध्ये श्रीमानले जमानतको लागि अपिल गरेका थिए, जुन अदालतले अस्विकार गरेको छ । विद्यार्थी भिसामा अष्ट्रेलिया आएका उनको भिसा समेत सकिसकेको बताइएको छ । उनलाई हिंसात्मक गतिविधिमा सघाएको आरोपमा पक्राउ परेकी उनकी श्रीमती हिरासतमै छिन् र उनले जमानत अपिल गरेकी छैनन् ।

Comments