उपत्यका सडक विस्तार कार्य उत्साहजनक नभएकले त्यसलाई सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएको छ ।

यही असोज मसान्तसम्म काठमाडौँ उपत्यकका सडक विस्तार आयोजनाले दुई, डिभिजन सडक कार्यालय काठमाडौँले चार र काठमाडौँ महानगरपालिकाले चार गरी करिब १० किमी सडक कालोपत्रे गर्नुपर्ने र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक चौडा गर्ने एवम पर्खाल लगाउने कार्य करिब २० किमी गर्नुपर्नेमा काममा उत्साहजनक प्रगति नदेखिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको नेतृत्वमा अनुगमनमा गएको टोलीले सिंहदरबार, माइतीघर, बबरमहल, नयाँबानेश्वर, तिनकुने, गौशाला, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, लैनचौर, महाराजगञ्ज, गल्फुटारलगायत स्थानमा आज सडक विस्तारको अनुगमन गरेको थियो ।

Comments