मेलबर्न । अष्ट्रेलियाका उपप्रधानमन्त्रीको पछिल्लो प्रकरणको बारेमा गरिएको जनमतमा उनले राजीनामा दिनुपर्ने पक्षमा धेरै मत आएको छ। अष्ट्रेलियाको एक स्थानीय संस्थाले जनमत गरेको हो।

उपप्रधानमन्त्री बार्नबे जोयसले आफ्नै कार्यालयकी एक कर्मचारीसंग शारीरिक सम्बन्ध राखेको कुरा बाहिर आएपछि उनी विवादमा तानीएका छन्। यही विषयलाई लिएर गरिएको उक्त सर्वेक्षणमा ६५ प्रतिशतमा उनले राजीनामा दिनुपर्ने पक्षमा परेको हो ।

विवाद बढेपछि प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री जोयसलाई बिदामा बस्न समेत सुझाव दिसकेका छन् । सम्बन्ध आफ्नो नितान्त व्यक्तिगत कुरा भएकोले यसलाई विवादित बनाउन नहुने तर्क राख्दै आएका जोयसले यो जनमत पछि भने प्रतिक्रिया दिएका छैनन्।

Comments

comments