अभिनेत्री प्रिती जिन्टाले पूर्वप्रेमी नेस वाडियाविरुद्ध यौन दुराचारको आरोप लगाएपछि यो मुद्धामा अहिले अन्डरवल्र्डले चासो देखाएको छ । उक्त विषयलाई लिएर नाढिया समूहलाई अन्डरवल्र्डले धम्कीपूर्ण कल तथा मोबाइलमा म्यासेज समेत आएका छन् ।
नाडिया समूहले उक्त मुद्धा चलिरहँदा अन्डरवल्र्डबाट फोन मार्फत धम्की आएको भन्दै प्रहरीमा उजुरी दिएको छ । अन्डरवल्र्ड डन रवी पुजारीले कल गरेको उजुरीमा उल्लेख छ ।
अन्डरवल्र्डको संलग्नता पछि यो मुद्धाको जिम्मेवारी मुम्बई क्राइम ब्राञ्च लागि दिइएको छ । वाडियाको सेक्रेटरीको मोबाइलमा आएको म्यासेजमा ‘प्रिती जिन्टालाई नसताउँ, यो सन्देश वाडियालाई दिनु होइन भने उनको बिजनेश धरापमा पर्नेछ’ भनेर लेखिएको छ ।

Comments