काठमाडौं। जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ ।

१ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै १ सय १५ रन बनायो ।

नेपालका लागि अल राउन्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारी खेले। बलिङमा ४ विकेट लिएका उनले ५८ बलमा ५० रन पुरा गरेर नटआउट रहे।

ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारीसमेत गरेका थिए।

आरिफ २६ रन बनाएर आउट भए। उनले ४२ बल खेल्दै १ चौका प्रहार गरेका थिए।

यसअघि पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने सन्दिप लामिछाने र ऐरीले ४-४ विकेट लिएका थिए। सोमपाल कामी र करन केसीले १-१ विकेट लिएका थिए।

 

 

Please follow and like us:

Comments