लण्डन । सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गरेका छन् । आइतबार बेलायती राष्ट्रिय पत्रिकाहरूमा पूर्ण पृष्ठको विज्ञापन छापेर जुकरवर्गले माफी मागेका हुन् । विज्ञापनमा उनले भनेका छन्,
“फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौ भने हामी योग्य हुन सक्दैनौ ।”

‘सन् २०१४ मा फेसबुकका लाखौँ प्रयोगकर्ताको तथ्याङ्क चुहिएको’ विश्वविद्यालयका अनुसन्धाताले गरेको जाँचबुझबाट थाहा भएको जुकरबर्गले स्वीकार गरेका छन् । उनले आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने समेत प्रतिबद्धता जनाएका छन् ।

उनले भनका छन्, “यो घटना विश्वासप्रतिको धोखा हो र त्यस समयमा केही गर्न नसकेकोमा म क्षमा याचना गर्न चाहन्छु । हामीबाट यस किसिमको गल्ती पुनः हुने छैन भन्ने निश्चित गर्न आवश्यक कदम चालिसकिएको जानकारी गराउन चाहन्छु ।”

“हामीले यो समस्या समाधान हुनुपूर्व ठूलो सङ्ख्याको तथ्याङ्कमा पहुँच राख्ने हरेक एपमाथि खोजी गरिरहेका छौँ । जव हामी पत्ता लगाउने छौँ तिनीहरूमाथि रोक लगाउने छौँ र प्रभावित सवैलाई जानकारी गराउने छौँ ।” विज्ञापनमा भनिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments