चितवन । प्रदेश नम्बर ३ का कृषि तथा शहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको कालिका नगरपालिका ६ स्थित अज्ञात समुहले नष्ट गरेको केरा खेतीको निरीक्षण गर्नुभएको छ ।

बुधबार निरीक्षण क्रममा कालिका नगरपालिका वडा नम्बर ६ पुगेका मन्त्री लामाले पीडित कृषकलाई सरकारले क्षतिपुर्ति उपलब्ध गराउने भन्दै धैर्य रहन आग्रह गर्नुभयो । मानविय स्वभाव भन्दा बाहिर गएर केरा कृषकमाथि अन्यायपुर्ण काम भएको भन्दै उहाँले घटनाको अध्ययन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

उहाँले आफुले मन्त्रीपरिषद्मा छलफल गरि पीडीतलाई राहत तथा क्षतिपुर्ति बारे निर्णय गरिने आश्वासन दिनुभयो । उहाँले निश्पक्ष ढंगले अध्ययन अनुसन्धान गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन पनि दिनुभयो ।

अज्ञात समुहले सोमबार राती कालिका नगरपालिका ६ स्थित स्थानीय किसानले लगाएको तीन हजार बढी केराको बोट फडानी गरेको थियो । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार, यसबाट स्थानीय १२ घर प्रभावित भएका छन् भने कम्तिमा १५ लाखको क्षति पुगेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments