बुटवलको सुकुम्बासी बस्तीका बालबालिकाको पठनपाठनका निम्ति २०३३ सालमा खोलिएको  नविन औद्योगिक केदारबहादुर रिता उच्च माध्यामिक बिद्यालय मुलुककै उत्कृष्ट ठहरिएको छ |  यो सामुदायिक बिद्यालय हो | रास्ट्रिय स्तरबाट नै १३ पटक सम्म उत्कृष्ट स्थान हासिल गरेको यो बिद्यालयको शैक्षिक क्रियाकलाप , ब्यबस्थापन र गुणस्तरीय शिक्षाको नमुनाको रुपमा लिइएको छ |  २०६४ सालदेखि एसएलसी परीक्षामा सहभागी भएको यस विद्यालयले निरन्तर शतप्रतिशत नतिजा ल्याएको छ। हाल १ हजार तीन सय २७ विद्यार्थी अध्ययनरत  मध्ये ७० प्रतिशत बालबालिका सुकुम्बासी परिवारका छन् | अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने यस विद्यालयमा १३ वटा छिमेकी जिल्लाका बालबालिका पढ्न आएका छन् |

10389598_755312034491001_878148167838636622_n

तस्विर:  २०७० मा एसएलसी उतिर्ण विद्यार्थीहरु

उत्कृस्ट विद्यालयको बिशेषता यस्तो छ 

====================

१ ) शिशु कक्षाका लागि निशुल्क खाजाको व्यवस्था छ |

२) साना बालबालिकाका लागि बाल मैत्री खेल्दै सिक्ने व्यवस्था छ |

३ ) कमजोर विद्यार्थीका निम्ति  बिहान र साँझ  निशुल्क अतिरिक्त कक्षा सन्चालन गरिन्छ, जसकालागि निजि श्रोतमा ७ जना अतिरिक्त शिक्षकको व्यवस्था छ   |

४) शिक्षकलाई समयमा विद्यालय आउने बनाउन डिजिटल हाजिरीको व्यवस्था छ।

५) कक्षा ४ देखि कम्प्युटर कक्षा सन्चालनमा छ , २४ वटा कम्प्युटर सहितको प्रयोगशाला छ |

६) इन्टरनेट वाइफाई सुविधा सहितको ठूलो र व्यवस्थित पुस्तकालय छ।

७) आधुनिक विज्ञान प्रयोगशाला छ |

८) बार्षिक शैक्षिक क्रियाकलाप संगै अतिरिक्त क्रियाकलापहरु संचालन हुन्छ |1512596_663269910361881_1247401781_n

९) प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत कक्षा ९ देखि सिभिल इन्जिनियरिङ र, वाणिज्य संकायमा उच्च मावि पढाई हुन्छ ।

988416_663356140353258_1438491272_n

१०) शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबाट संयुक्त अनुगमन गर्ने नियम छ।

११) विद्यार्थीबाट शिक्षकको मूल्यांकन गरि  पृष्ठपोषण दिने ब्यबस्था छ |

१२) बालिका मैत्री शौचालयको ब्यबस्था छ |

10478153_752667621422109_8958424461388382521_n

१३) विद्यालय परिसर भित्रै  पानीको श्रोत छ |

विद्यालय ब्यबस्थापन समितिको सक्रियता र सम्बद्ध शिक्षकशिक्षिकाहरुको लगनशीलतामा सहयोगी हातहरुको महत्पूर्ण यौगदानले आर्थिक अभावमा पछाडी परेका सुकुम्वासी बस्तीका बालबालिकाहरुलाई समाजको मुलधारमा उत्कृस्ट स्थान दिलाउन सफल भएको हो |सफलताबाट हौसिएको विद्यालयले  अन्य जिल्लाबाट तथा टाढाबाट पढ्न आउने बालबालिकालाई विद्यालयमै बसाइको व्यवस्था गर्न छात्रावास स्थापना र सञ्चालन गर्ने  योजना पनि बनाएको छ |  करिब  एक करोड ३० लाख लागत अनुमान गरिएको छात्रावास दाताहरुबाट  रकम जुटाएर आगामी वर्षभित्र निर्माण थालनी गर्ने ब्यबस्थापन समितिका अध्यक्ष केदारबहादुर रायमाझीले बताएका छन् | विद्यालयमा दातृसंस्था रुम टु रिडको सहयोगमा पुस्तकालय भवन बनेको हो र उसकै सहयोगमा पुस्तकालय  ब्यबस्थापन पनि भएको छ |

1888674_691977757491096_746838855_n

1472728_663241630364709_770821362_n

(सन्दर्भ सामग्री : इकान्तिपुर/ तस्विर: NIKS SCHOOL)

Please follow and like us:

Comments