काठमाडौं । नवौँ कोरियन भाषा परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ ।

काठमाडौं, ललितपुर र पोखरामा हुने भाषा परीक्षाका लागि २८ केन्द्र तोकिएको वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपिएस शाखाले जनाएको छ ।

सन् २०१९ मा रोजगारीका लागि कोरिया जाने गरी आह्वान गरिएको दरखास्तामा ८२ हजार दुई सय ३५ ले  आवेदन दिएका छन् ।

सन् २०१९ का लागि कोरिया सरकारले कोटा भने सात हजार एक सयभित्र पर्ने मात्र कोरिया जान पाउनेछन् ।

मासिक न्युनतम पारिश्रमिक एक लाख ५० हजार रुपैयाँ हाराहारी हुने भएकाले पछिल्लो समय कोरिया जान खोज्नेको संख्या बढ्दो छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments