आगामी महिनाबाट मलेसियामा सुरु हुने आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले आज टोलीको घोषणा गरेको हो । ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको उक्त टोलीमा सुवास खकुरेल, सदर भेसवाकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी र सोमपाल कामी छन् । सागर पुन, मेहबुब आलम, आरिफ शेख, नरेश बुढायर र अमृत भट्टराई छन् । यस्तै यू–१९ कप्तान भुवन कार्कीले पनि टीममा स्थान पाएका छन् । टोलीका अधिकांश खेलाडी भने आजै दिउँसो एसियाडका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । एसियाडको टोलीमा नरहेका आरिफ प्रशिक्षकका लागि भारतको बैंङगोर गएका छन् ।

अक्टोबर २३ देखि ३० सम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसँगै मलेसिया, सिंगापुर, बर्मुडा, युगाण्डा र अमेरिकाले खेल्नेछन् ।

Comments