दक्षिण एसियाका महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि उर्लदो सय करोड अभियान सुरु भएको छ ।

विश्वमा हरेक ३ जना महिलामध्ये १ जनाले हिंसा भोग्ने गरेका तथ्याङ्क छ । हिजोदेखि नेपाल सहित दक्षिण एशियाका १० देशका महिलाअधिकारकर्मी अभियानमा सहभागि भएका छन । महिलामाथि हुने हिंसामध्ये घरेलु हिंसा धेरै भएकाले घरैबाट हिंसा विरुद्ध अवाज उठाउनुपर्नेमा महिला अधिकारकर्मी मोहना अन्सारीले जोड दिनुभयो । महिला र किशोरीमाथि हुने हिंसालाई दक्षिण एसियाबाटै अन्त्य गर्ने उद्देश्यका साथ उर्लंदो सय करोड अभियान अन्तर्गत नेपालका गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रम गरिनेछ ।

आउँदो १४ फेबुअरीलाई लक्षित गर्दै अभियान सुरु गरिएको हो । १४ फेब्रुअरीमा विश्वमा प्रेम दिवस मनाईने भएकाले त्यसै अवसरमा हिंसा अन्त्यबारे चेतना जगाउन अभियान थालिएको अधिकारकर्मी अन्सारीले बताउनुभयो ।

Comments