आज  नवरात्रको पाँचौ दिन, नेपालीहरुले  आज  पनि आआफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधना गरिदैछ ।

शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधनाका लागि देशभरका शक्तिपीठहरुमा भक्तजनको विहानैदेखि घुईंचा लागेको छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ ।

Comments