काठमाडाै । विदेशमा बस्ने दोलखावासी नेपाली नागरिकले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनलाइनबाट सेयर आवेदन भर्न पाउने भएका छन् ।

बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन फाराम डाउनलोड गरी भर्न सक्ने व्यवस्था मिलाइने आयोजनाले जनाएको छ ।

विदेशमा रहेका दोलखालीले अनलाइन फाराम भरी पठाउने र परिवारका सदस्यले सो फाराम संकलन केन्द्रमा बुझाई रकम जम्मा गरेपछि लगानी सुनिश्चित हुनेछ । बिक्री प्रबन्धक कम्पनीले सेयर निष्कासन सुरु हुनुअगावै फाराम वेबसाइडमा राख्ने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।

वैदेशिक रोजगारीमा रहेकाको पनि बैंक खाता नभएमा परिवारको सदस्यकै खातामार्फत सेयर आवेदन दिन पाउनेछन् । काठमाडौंमा बसोबास गर्नेले सोही ठाउँबाटै र जिल्लाका नागरिकले स्थानीय तहबाटै सेयर आवेदन भर्न पाउने व्यवस्था मिलाइने भएको छ ।

दोलखाका जनप्रतिनिधि, राजनीतिक दल, नेपाल विद्युत् प्राधिकरण, धितोपत्र बोर्ड, लगानी कोष र माथिल्लो तामाकोसी आयोजनाका पदाधिकारीबीच भएको छलफलपछि त्यस्तो निर्णय भएको हो ।

छलफलमा काठमाडौं, भक्तपुर र ललितपुरमा बस्दै आएका दोलखावासीलाई निश्चित अवधिभित्र उपत्यकाकै निश्चित बैंकबाट सेयर आवेदन संकलन गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । यो सहमतिअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने ठूलो संख्याका दोलखाली नागरिक सेयर आवेदनका लागि दोलखा धाउनुनपर्ने भएको उनले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments