धनकुटा । पाख्रीबास नगरपालिका ३ की १७ दिने सुत्केरी इन्दिरा थापाले घरभरी पाहुना आएपछि अनौठो मानिन् ।

अझ पाहुनाले रातो भाले र उपहार दिदा उनलाई माइती नै आए जस्तो लाग्यो । पाख्रीबास नगरपालिकाले यसै महिना देखि सुरु गरेको ‘वडाध्ययक्षसँग कर्णधार’ कार्यक्रमअन्र्तगत जनप्रतिनिधि र स्वास्थकर्मीलगाएतको टोली उनको घरमा पुगेको थियो ।

इन्दिरा पति राजु थापाले घरमै आएर जन प्रतिनिधि र स्वास्थ्यकर्मीले चासो राख्दा खुसी लागेको बताए ।

सुत्केरीको घरमै गएर रातो भाले,पोषणयुक्त खानेकुरा र न्यानो लुगा वितरणको सुरुवात गर्न टोली इन्दिराको घरमा पुगेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments