काठमाडौं । अष्ट्रेलियन शैक्षिक परामर्शदाताको छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स (एका) को आयोजनामा दोश्रो शैक्षिक मेला शुरु भएको छ ।

शुक्रवारबाट शुरु भएको शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभिभावकको जिम्मेवारी, पढाइ खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी गराइनेछ । शैक्षिक मेलामा अष्ट्रेलियाका सात वटा कलेज तथा २२ वटा शैक्षिक परामर्शदाता र ३० स्टल रहेका छन् । अष्ट्रेलियन शैक्षिक मेलाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहेका विद्यार्थी र अविभावकहरुका लागि लाभ पु¥याउने आयोजकको दाबी छ ।

फेयरमा भाइब कलेज, किड्स वन इन्स्यूच्यूट, एआइए कलेज, क्युआइबिए कलेज, एसएसबिटीको प्रत्यक्ष सहभागिता रहेको छ ।

Comments