काठमाडौं । राष्ट्रिय बाल दिवस, आज देशभर विविध कार्यक्रमसहित भव्यताका साथ मनाइदै छ । हरेक वर्ष भदौ २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रुपमा राष्ट्रिय बाल दिवस मनाइदै आइएको छ ।

तत्कालीन श्री ५ बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको जन्म दिनको अवसर पारेर वि.सं. २०२२ सालदेखि वि.सं. २०६२ सालसम्म भदौ ४ गतेलाई राष्ट्रिय बाल दिवस मनाइने गरीएको थियो ।

तर, गणतन्त्रको स्थापनापश्चात् कसैको जन्मदिनका उपलक्ष्यमा नभई नेपालले राष्ट्रिय बाल दिवस, बालअधिकार सम्बन्धी महासन्धि, १९८९ लाई वि.सं. २०४७ साल भदौ २९ गते (तदनुसार १४ सेप्टेम्बर, १९९०) अनुमोदन गरेको दिनको सन्दर्भ पारेर नेपाल सरकारको निर्णयानुसार बालदिवस मनाउन थालिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments