काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक तयारी नपुगेको भन्दै बिहीबार बिहान सारिएको छ । बैठकमा पार्टीको तल्लो निकायसम्मको एकता प्रक्रियालाई टुङ्गो लगाउनेगरी गृहकार्य अन्तिमचरणमा पुगेको भन्दै नेताहरूकै प्रस्तावमा बैठक सारिएको जानकारी दिइएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रदेश, जिल्ला तथा अन्य कमिटीहरूको एकता प्रक्रियाका विषयमा छलफल गर्ने तयारी बैठकमा गरिएकाले त्यसको अन्तिम गृहकार्य भइरहेकाले बैठक बिहीबारसम्मका लागि सारिएको एक सदस्यले बताउनुभयो । बैठक बिहीबार ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

यसअघिको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा जिल्ला नेतृत्वका बारेमा निर्णय गरेको भए पनि बाँकी भ्रातृ सङ्गठनको एकता प्रक्रियाका विषयमा टुङ्गो लगाउन सकेको छैन । प्रदेश इन्चार्ज तथा सहइन्चार्जको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमतिसहितको लिखित प्रस्ताव सचिवालयमा दर्ता गर्नुभएको थियो । तर प्रस्तावका बारेमा निर्णय गर्नु नपर्ने भन्दै सोमबार बसेको सचिवालय बैठकले टुङ्गो लगाएको थियो ।

पार्टी एकता घोषणा भएको पाँच महिना पूरा हुँदासमेत जनवर्गीय तथा अन्य भ्रातृ सङ्गठनको एकता प्रक्रियाले अन्तिमरुप लिन नसक्दा पार्टीका नेता तथा कार्यकर्ता तहबाटै नेतृत्वको आलोचना भइरहेको छ । पार्टीका तल्लो तहको एकता प्रक्रियाको गृहकार्य अन्तिमचरणमा पुगेकोले एकदिनका लागि बैठक सारिएको सचिवालय सदस्य वामदेव गौतमले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments