काठमाडौं । बलिउडका चर्चित सुपरस्टार आमिर खान र अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को कमाई लगातार घटेको छ । पहिलो दिन आधा करोडको कमाई गरेको फिल्मले सातौं दिन साढेँ ३ लाखको मात्र कमाई गर्यो ।

बिहीबारबाट रिलिज भएको फिल्मले पहिलो दिन ५०.७५ करोड, दोश्रो दिन २८.२५ करोड, तेश्रो दिन २२.७५ करोड, आइतबार १७.२५ करोड, सोमबार ५.५० करोड, मंगलबार ४.३५ करोड, बुधबार ३.५० करोडको कमाई भएको छ । सात दिनमा चलचित्रले जम्माजम्मी १ सय ३२ करोड ३५ लाख भारुको कमाई गर्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments