मेलबर्न । अष्ट्रेलियाको एक प्रसिद्ध समुद्री किनारमा अब रक्सी पिउन नपाइने नियम बनाइएको छ । मेलबर्नमा रहेको सेन्ट किल्डा समुद्री किनारमा स्थानीय परिषदले यस्तो नियम लागु गरेको हो ।

नयाँ नियम अनुसार सेन्ट किल्डामा हरेक वर्ष नोभेम्बर देखि मार्च महिनासम्म रक्सी प्रतिबन्ध हुनेछ । यी महिनाभर दिनको २४ घण्टा नै रक्सीको लागि प्रतिबन्ध लाग्ने भएको छ । गत बुधबार स्थानिय परिषदले यस्तो निर्णय लिएको हो । यसको प्रभावकारिता बारेमा आगामी वर्षमा अध्ययन गरिने समेत परिषदले जानकारी दिएको छ ।

परिषदका अनुसार, पछिल्ला समयमा समुद्री किनारमा घट्दै आएका घटना र सामाजिक सद्भाव तथा सुरक्षालाई केन्द्रित गरेर यस्तो निर्णय लिइएको हो । समुद्री किनारमा परिवार सहित घुम्न जाने, जोकोही सामान्य व्यक्ति पनि हिंड्डुल गर्न जाने हुँदा त्यस्तो ठाउँमा रक्सीलाई प्रतिबन्ध गरिनुपर्ने ठहर परिषदको छ । यसको साथै रक्सी पीइसकेपछि हुने विभिन्न दुर्घटना, झगडा आदिलाई न्यूनीकरण गर्न पनि यो कदम चालिएको बताइएको छ ।

परिषदले पुलिसहरु सुरक्षाको लागि भएतापनि समाजमा रहने हरेक व्यक्ति सुरक्षा प्रति जिम्मेवार हुनुपर्ने हुनाले यो नियम पछाडीको कारणलाई बुझेर नियम मानिदिनको लागि सबैलाई आग्रह गरेको छ ।

स्रोत : सेभेन न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments