काठमाडौं । सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा १ सय ९६ उद्योग तथा प्रतिष्ठान सामेल भएका छन् ।

सामाजिक सुरक्षा कोषले शुक्रबार आयोचित पत्रकार सम्मेलनमा बिहिबारसम्म १ सय ९६ वटा उद्योग, प्रतिष्ठान सहभागी भएको जानकारी गराएको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले कार्यक्रममा सामेल हुन मंमिर ६ गतेदेखि आवेदन खुला गरिएको बताउनु भयो ।

त्यसैगरी १ सय ९४ जना रोजगारदाता पनि कार्यक्रममा सामेल भएका छन । सूचिकरण प्रक्रियालाई सहज बनाउन काेषले अनलाइन सेवा संचालन गरेको छ । निर्देशक अधिकारीले कोषले ३ महिनाभित्र संस्थाका कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नु पर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सफल बनाउन पनि सबैलाई आह्वान गरेको छ ।

श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन पाउने व्यवस्थासहित प्रधानमन्त्री केपी ओलीले मंसि ११ गते कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कोषमा रोजगारदाताको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान रहने व्यवस्था गरिएको छ ।

कोषले रोजगारदाता सूचिकरणलाई व्यवस्थित बनाउन ३५ जना कर्मचारीलाई परिचालन गरेको छ । सूचिकरणका लागि अनलाईनबाटै निवेदन दिन पनि कोषले आह्वान गरेको छ । कोषमा श्रमिकको रकम जम्मा नगर्ने रोजगारदाताको बैंक तथा वित्तिय संस्थामा रहेको खाता, चल, अचल सम्पत्तिदेखि राहदानी समेत रोक्का गर्ने कानुनी प्रावधान छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments