सिड्नी । अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन भएको छ । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया आएका नेपाली विद्यार्थी मिलन तामाङ्गको ब्रेन ह्याम्रेजका कारण निधन भएको हो ।

मिलन तामाङ्ग सिड्नीको अबर्नमा बस्दै आएका थिए । २० वर्षको कलिलो उमेरमै मृत्युको मुखमा पुगेका तामाङ्गको पार्थिव शरीर नेपाल लैजानको लागि नेपाली समुदायको सहयोगको आवश्यकता भएको छ । तामाङ्ग सोसाइटी अफ न्युसाउथव्ह्लेसले सहयोग संकलनको काम अगाडी बढाएको छ । साथै सोसाइटीले यस दुखद घडीमा सहयोग गरिदिनुहुन सबैलाई अपिल गरेको छ ।

ACCOUNT NAME : TAMANG SOCIETY OF NSW
BSB : 112879
ACC NUM : 474333739

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments