काठमाडौँ । अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पामाथि मानव तस्करीको अभियोग लगाएर चर्चामा आएका ओङ्छु शेर्पा आफैं मानव तस्करीमा संलग्न रहेको खुलेको छ ।

शेर्पाले अष्ट्रेलिया लैजाने भन्दै आफूलाई ठगेको काठमाडौं बौद्ध निवासी निमा फुटी शेर्पाले गुनासो गरेकी छिन् । डिपेन्डेन्ट भिसामा श्रीमती बनाएर अष्ट्रेलिया लैजाने भन्दै ओङ्छु शेर्पाले आफूसँग पटक पटक गरेर साँढे १३ लाख रुपैयाँ लिएको पीडित निमाले बताइन् । पैसा बुझाए पछि ओङ्छुले राजदूत लक्की शेर्पासँग आफ्नो सम्बन्ध विग्रिएको भन्दै आनाकानी गर्न थालेको पीडित शेर्पाले बताइन् ।

अष्ट्रेलिया जान नपाएपछि ओङ्छुबाट आफूले केही पैसा फिर्ता पाए पनि अझै तीन लाख पाउन बाँकी रहेका बेला ओङ्छु सम्पर्कविहीन भएको निमाले एउटा युट्युव च्यानलसँगको कुराकानीमा खुलाइन् । उनले ओङ्छुलाई खोजी गरिदिन मिडियासँग अनुरोध गरेकी छिन् ।

यसअघि सिंगपुर प्रहरीमा कार्यरत तेम्बा शेर्पाले पनि आफू ओङ्छु शेर्पाबाट ठगिएको दाबी गरेका थिए । उनले अष्ट्रेलिया लैजान्छु भन्दै ओङ्छुले आफूबाट १४ लाख लिएको जिकिर गरेका छन् ।

भिडियो हेर्नुहोस् : 

Please follow and like us:

Comments