काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा पर्खाल निर्माण गर्न राष्ट्रिय संकट घोषणा गर्ने चेतावनी दिएका छन् । उनले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गर्नेसमेत बताए ।

वरिष्ठ डेमोक्र्याट नेताहरूसँगको कुराकानीपछि उनले यस्तो बनाएका हुन् । भेटका क्रममा डेमोक्र्याट नेताहरूले सीमा पर्खाल निर्माणका लागि बजेट दिन अस्वीकार गरका थिए । डेमोक्र्याटहरूसँग विवाद बढेपछि राष्ट्रपति ट्रम्पले संघीय सरकारको खर्च बन्दी वर्षौंसम्म लम्बाउनेसमेत चेतावनी दिए ।

पर्खाल बनाउने पैसा कंग्रेसले उपलब्ध नगराए आफूले बजेटसम्बन्धी विधेयकमा समेत हस्ताक्षर नगर्ने ट्रम्पको भनाइ छ । डेमोक्र्याट नेताहरूले ट्रम्पसँगको कुराकानी भने जारी राख्ने बताएका छन् ।

Comments