काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको भर्ना प्रक्रियामा व्यापक अनियमितता देखिएको छ ।

संस्थानको बीएस्सी इन एग्रिकल्चरको भर्नामा मेरिट लिस्टको रोलक्रम मिच्दै पछाडि रोलक्रम रहेका विद्यार्थीलाई भर्ना लिइएको पाइएको हो । मेरिट लिस्टमा नाम निस्केका विद्यार्थी भरत अधिकारीले आफ्नो नाम १९९ नम्बरमा निस्केको भएपनि आफूलाई हटाएर ५५७ नम्बरका विद्यार्थीलाई भर्ना लिइएको दुखेसो गरेका छन् । त्यस्तै, महोत्तरीका अजितप्रसाद यादवले मधेसी कोटाबाट दुई नम्बरमा नाम निकाल्दा समेत भर्ना हुन पाएनन् ।

मेरिट लिस्टमा रोलक्रमका आधारमा अगाडि रहेका विद्यार्थीलाई पन्छाएर पछाडि रहेकालाई लेनदेनका आधारमा भर्ना गरिएको पीडित विद्यार्थीले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments