काठमाडौं । मानिसहरु आजकाल खानामा सचेत हुन थालेका छन्। तर अधिकांश सहरवासीहरु शरीर मोटाएर हैरान देखिन्छन् । धेरैजसो व्यक्तिको शरीर जागिर जान थालेपछि बढ्ने गर्छ । यसकारण मोटाउँछन्  जागिरेहरु :

डाइटिसियनहरुका अनुसार कोठाको प्रकाशले पनि व्यक्ति मोटाउने सम्भावना बढी हुन्छ। उनीहरुका अनुसार, उज्यालो ठाउँमा बस्दा कम भोक लाग्छ भने, अँध्यारो ठाउँमा बस्दा बढी भोक लाग्छ। तयसैले कोठाभित्र बसिरहँदा धेरै भोक लाग्छ र धेरै खाना खाइन्छ।

अफिसमा साथीभाईसंग खाजा खाने बानी धेरै व्यक्तिको हुन्छ। यसरि खाजा खाँदा कुरै कुरामा वा साथीको करमा आफ्नो पेट भरिएपछि पनि खाना खाईन्छ। जसले गर्दा पेट बढ्छ।

एकतिर काम गर्ने र त्यही सुरमा अगाडी रहेको खानेकुरा, चिप्स आदि खाँदा, आफूले खाएको खानाको मात्रा थाहा हुन्न र शरीरलाई चाहिने भन्दा बढी खाना खाईन्छ।

अफिस समय भन्दा बढी काम गर्यो भने पनि मोटाउने सम्भावना बढी हुन्छ। किनकी, त्यसले गर्दा मानिस धेरैबेर एकै ठाउँमा बसिरहन्छ र अर्को कुरा, शारीरिक कसरतको लागि अथवा आफ्नो व्यक्तिगत हेरचाहको लागि पनि समय रहन्न।

स्वस्थ र छरितो शरीरको लागि उमेर अनुसार निन्द्रा पुग्ने गरि सुत्नुपर्छ। तर अधिकांश मानिस कामले गर्दा समय तालिका मिलाउन नसकेर ढिलो सुत्छन्। जसले गर्दा शरीर मोटाउँछ।

अफिसमा धेरै जसो व्यक्तिले घरबाट खाना नलगेर, बाहिर बनाएको खाना खान्छन्। तैलिय, वासी, जंकफुड आदिले शरीर मोटाउँछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments