काठमाडाैं । विश्वका सबैभन्दा वृद्ध मानिस मासाजो नोनाकाको आइतबार निधन भएको छ । विमानको आविष्कार गर्ने राईट्स दाजुभाइभन्दा दुई वर्षपछि जन्मेका नोनाकाको एक सय १३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चार माध्यामहरुले जनाएका छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार सन् नोनाकाको जन्म १९०५ को जुलाईमा भएको थियो । नोनाका अल्र्वट आइन्स्टाइनको सापेक्षताको सिद्दान्त प्रतिपादन हुनुभन्दा केही महिना अघि जन्मेका थिए ।

गत वर्ष स्पानिर्याड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिस मध्य सबेभन्दा जेठा व्यक्तिका रुपमा गिनिजले नोनाकालाई मान्यता दिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments