एजेन्सी । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीको जितमा गाब्रिएल जिसस, बर्नार्डो सिल्भा, केविन डी ब्राउन तथा सर्जियो अग्युरोले गोल गरे । यस्तै बर्नलीका केविन लङ्गले एउटा आत्मघाती गोल गरे।

पहिलो हाफमा ९२३ औँ मिनेट० मा जिससको गोलबाट १–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्न सक्यो र एउटा उपहार गोल पायो ।

सिल्भाले ५२ औँ, डी ब्राउनले ६१ औँ तथा अग्युरोले ८५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । अग्युरोको पेनाल्टीअघि बर्नलीका लङ्गले आत्मघाती गोल गरेका सिटी ५–० ले विजयी भयो । हारपछि बर्नलीका प्रशिक्षक शोन डाइकले म्यानचेस्टर सिटीले यो सिजन सबै चिज जित्ने बताएका छन् ।

एफए कपको चौथो चरण अन्तर्गत शनिबार राति भएका अरु खेलमा मिलवालले एभर्टनलाई ३–२, विम्ब्लेडनले वेष्ट ह्यामलाई ४–२, स्वानसीले गिलिङ्ह्यामलाई ४–१, वाट्फोर्डले न्युक्यासललाई २–०, डनकेस्टरले वल्डह्यामलाई २–१, तथा डर्बीले एक्रिङ्गटनलाई १–० ले हरायो ।

यस्तै ब्राइटन र वेष्ट ह्यामले गोलरहित, मिडल्सबर्ग र न्युपोर्ट तथा पोर्ट्समाउथ र क्युपिआरले समान १–१ र श्रीवसबरी र वुल्भ्सले २–२ को बराबरी खेलेका छन् ।

Comments