पटक पटक अवैध लागू औषध कारोबारमा पक्राउ पर्दै छुट्दै आएका पूर्वयुवराज पारस शाहलाई थाइ प्रहरीले लागू औषध कारोबारकै रुपमा मुद्दा चलाउने भएको छ ।

थाइल्याण्डस्थित नेपाली दूताबासलाई जानकारी गराएर थाई प्रहरीले लागू औषध अन्तर्गत आइस ड्रक्स बरामद गरेकाले शाहलाई कारोबारीकै रुपमा मुद्दा चलाउने जानकारी दिएको उच्च श्रोतले जनाएको छ । नेपालका पूर्वयुवराजसमेत भएकाले नेपाली सुरक्षा निकायलाई समेत यस विषयमा जानकारी गराइसककेको प्रहरी प्रधान कार्यालयस्थित उच्च श्रोतले बताएको छ ।

Comments