काठमाडौं । सल्यानमा आमाले आफ्नै चार वर्षीया छोरालाई विष खुवाई हत्या गरेको खुलासा भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सँगुरपोखरीकी एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गत २८ पुसमा बिहान आफ्नै घरमा छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रीमान् लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित व्यक्तिसँग फोन सम्पर्क गर्दै आएकी थिइन् ।

आफू अविवाहित हुँ भनी प्रेम सम्बन्ध राख्नका लागि खत्रीले आफ्नै छोराको हत्या गरेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बतानुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments