टोकियो । चोरले केहि पनि बाँकी राख्दो रहेनछ । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोनसाई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ । अरु ६ सयवटा रुखसमेत चोरिएका छन् ।

ती रुखको मूल्य १ लाख १७ हजार अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ । सबैभन्दा बहुमूल्य बोट शिम्पाकु जातको बनस्पतिको थियो । ४ सय वर्ष पुरानो उक्त बोनसाईको मूल्य मात्र ९० हजार डलर (एक करोड रुपैयाँभन्दा बढी) थियो । चोरिएका बाँकीमध्ये तीनओटा देवदारुका र तीनवटा अलि कम उमेरका शिम्पाकुका बोट थिए । सबैभन्दा जेठो शिम्पाकुको बोनसलाई यसै महिना आयोजना गरिने प्रतियोगितामा राखिनेक कार्यक्रम थियो ।

जापानमा बिशेष प्रविधि प्रयोग गरी बोनसाई बनाइन्छ । बोनसाई असली रुपमा रुख जस्तो देखिए पनि आकारमा कैयौँ सानो हुने गर्छ । घर भाँडोमै बोनसाई हुर्काइन्छ । उक्त बोनसाईलाई रेखदेख गर्दै आएका सिजी इमुराले पत्नी फुयुमीले त्यसलाई नियमित रुपमा सिँचाइ गर्न चोरसँग आग्रह गरेकी छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments