मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यका नेपाली समुदायबीच प्रतिष्ठित न्याभ कप क्रिकेट प्रतियोगिता यो वर्ष गत जनवरी ६ बाट शुरु भएको छ । नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले हरेक वर्ष न्याभ कप आयोजना गर्दै आएको छ ।

यो वर्ष सात वटा क्लब दि हिमालयन क्लब, नारे किंग्स क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, रोयल राईनोज क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब र ब्रिलियन्ट क्रिकेट क्लब सहभागी भएका हुन् । खेल हरेक आइतबार हुँदै आएको छ । जसमा आज अर्थात १७ फेब्रुअरीमा सेमीफाइनल खेल सम्पन्न भएको छ ।

आज सम्पन्न सेमिफाइनलमा रोयल राइनोज क्रिकेट क्लब र एक्स्पर्ट क्रिकेट क्लब तथा नरे किंग्स र हिमालयन क्लब भिडेका थिए । पहिलो खेलमा टस जितेर ब्याटिंग रोजेको रोयल राइनोजले एक्स्पर्टलाई २६ रनले पराजित गर्यो ।

खेलमा रोयल राइनोजले दिएको १५१ रनको लक्ष्य पछ्याउँदै एक्स्पर्टले १२५ रन बनाउन सफल भएको थियो । उक्त खेलमा रोयल राइनोजका चन्द श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

सेमिफाइनलकै दोस्रो खेलमा नरे किंग्स र हिमालयन क्लब भिडेका थिए । जसमा नरे किंग्सले बीस ओभरमा १५७ रन बनाएको थियो भने हिमालयन ११७ रनमा अलआउट भएको थियो । ४० रनले जित हासिल गरेको नरे किंग्सका प्रदीप खरेल म्यान अफ द म्याच घोषित भए ।

न्याभ कप २०१९ को फाइनल खेल आगामी ३ मार्च २०१९ मा हुनेछ । फाइनल खेलमा पहिलो स्थानको लागि रोयल राइनोज र नरे किंग्स भिड्नेछन् भने तेस्रो स्थानको लागि एभरेस्ट र हिमालयन भिड्नेछन् । आयोजक संस्था न्याभका अनुसार, उत्कृष्ट तीन टिम मल्टिकल्चरल क्रिकेट टुर्नामेन्टको लागि समेत छानीनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments