काठमाडौं । वेस्टइंडिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय विश्वकप पछाडी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । एकदिवसीय विश्वकप ईङ्ल्याण्ड र वेल्समा मे ३० देखि जुन १४ सम्म हुुदैछ ।

१९९९ बाट क्रिकेट शुरु गरेका गेलले आजसम्म २ सय ८४ खेल खेलेका छन् । बाँया हाते ३९ बर्षिया ब्याट्सम्यानले एक दिवसीय खेलमा ९ हजार ७ सय २७ रन बनाएका छन् ।

उनले सन् २०१५ मा जिम्बाबेविरुद्व २ सय १५ रन बनाएका थिए । यो क्रिकेट ईतिहासको चौथो ठुलो स्कोर हो । उनी दोहोरो शतक बनाउने छैटौ ब्याट्सम्यान हुन् । पार्टटाईम अफ स्पिनर उनले १ सय ६५ विकेट लिएका छन् ।

‘पक्कैपनि, युवाहरुले म प्रति ठुलो गुण लगाएका छन् ।’ सन्यासको बिषयलाई लिएर सोधिएको प्रश्नमा गेलले भने । ‘उनीहरुले मेरा लागि गर्न आवह्यक छ । मलाई उपाधि दिलाउनका लागि कोशिश गर्न आवश्यक छ । त्यसमा म मेरो क्षमता समेत हाल्नेछु ।’ उनले भने, ‘यो मेरा लागि ठुलो बर्ष हो । यो बर्षसंगै अर्थपुर्ण तरिकाले समापन हुनेछ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments