मेलबर्न । अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया (न्याभ)ले हरेक वर्ष न्याभ कप आयोजना गर्दै आएको छ । न्याभ कप क्रिकेट प्रतियोगिता यो वर्ष गत जनवरी ६ बाट शुरु भएको छ ।

न्याभ कप सुरु भए देखि हरेक आइतबार हुँदै आएको खेल फाइनलसम्म पुगेको छ । गत आइतबार सम्पन्न सेमिफाइनलमा रोयल राइनोज क्रिकेट क्लब र एक्स्पर्ट क्रिकेट क्लब तथा नरे किंग्स र हिमालयन क्लब भिडेका थिए । जस मध्येबाट रोयल राइनोज र नरे किंग्स फाइनलमा पुगेका छन् ।

न्याभ कप २०१९ को फाइनल खेल आगामी ३ मार्चमा JC Donath Reserve , Reservoir मा हुनेछ । खेल दिउँसो १२:३० बजे देखि सुरु हुने बताइएको छ ।

फाइनल खेलमा पहिलो स्थानको लागि रोयल राइनोज र नरे किंग्स भिड्नेछन् भने तेस्रो स्थानको लागि एभरेस्ट र हिमालयन भिड्नेछन् । आयोजक संस्था न्याभका अनुसार, उत्कृष्ट तीन टिम मल्टिकल्चरल क्रिकेट टुर्नामेन्टको लागि समेत छानिनेछन् ।

यसपालिको न्याभ कपलाई ग्रेस एजुकेसन कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ । हिमालयन कंगारु न्याभ कपको मिडिया पार्टनरको रुपमा रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments