काठमाडौँ ।  लामो समयदेखि स्वतन्त्र मधेसको माग राख्दै विखण्डनकारी गतिविधि गर्दै सिके राउतले मुलधारको राजनीति थाल्ने भएका छन् । राउतले देश टुक्र्याउने अभियान त्याग्ने घोषणा प्रधानमन्त्री केपी ओली उपस्थित हुने कार्यक्रममा गर्ने भएका हुन् ।

देश विखण्डनको अभियोगमा पटक पटक पक्राउ पर्दै आएका राउतलाई यो पटक पनि सरकारले पक्राउ गरेर केन्द्रीय कारागारमा थुनेको थियो । राउत कारागरामै रहेका समयमा सरकार र उनको पक्षसँग पटक पटक वार्ता भएको खुलेको छ ।

राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।  सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको बताइएको छ ।

सिके राउतले तराई मधेसमा स्वतन्त्र राज्यको माग छाड्दै मुलधारको राजनीतिमा आउने घोषणा कार्यक्रम शुक्रबारै दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुँदैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउत दुवैले सम्बोधन गर्ने भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments