सिड्नी । अष्ट्रेलिया घुम्न आएका नेपाली अभिभावकहरुको लागि वनभोज मेला २०१९ को भव्य तयारि भइरहेको छ । एनआरएनए अष्ट्रेलियाको न्यु साउथ व्ह्लेस स्टेट को-अर्डिनेसन काउन्सिलले वनभोज मेलाको आयोजना गरेको हो ।

वनभोज मेलामा अभिभावकहरुका लागि विभिन्न मनोरन्जनात्मक कार्यक्रमसंगै नि:शुल्क स्वास्थ्य शिविर समेत हुनेछ । वनभोजमा सहभागिताको लागि ३० डलर शुल्क लाग्नेछ । सहभागिताको लागि आगामी मार्च १६ सम्ममा नाम दर्ता गराउनको लागि आयोजकले आग्रह गरेका छन् ।

वनभोज मेला आगामी ३० मार्च शनिबारका दिन Goulburn National Park मा हुनेछ । आयोजकका अनुसार, वनभोजको दिनमा अभिभावकहरुलाई बिहान ६:३० मा गाडीमा लिन आइनेछ भने बेलुका ६ बजे घरमा फिर्ता छोडिनेछ ।

अभिभावकहरुका लागि वनभोज कार्यक्रम अझ व्यवस्थित, मनोरन्जनात्मक र सुविधायुक्त बनाउनको लागि आयोजकले नेपाली संघसंस्था तथा कम्पनीलाई वनभोज कार्यक्रमलाई प्रायोजन गरी हातेमालो गर्न अनुरोध गरेका छन् । 

 

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments